सुचना पाटी
अत्यन्त जरुरी सूचना
घरेलु कामदारको रुपमा बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि जरुरी सूचना
Date: 22 Apr 2012
घरेलु कामदारको रुपमा बैदेशिक रोजगारको लागि पहिलो पटक कुवेत, कतार, साउदी अरव र संयुक्त अरवर् इमिरेट्स मुलुकमा काम गर्न जाने कामदारको हकमा श्रम स्वीकृत लिँदा बैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट सूचीकृत संस्थाबाट घरेलु कामदार सम्वन्धी सीपविकास तालिम लिनु पर्ने अनिवार्य व्यवस्था भएको हुँदा बोर्डबाट सूचिकृत संस्थाहरुबाट जानु पूर्व २१ दिनको तालिम लिन सम्वन्धित सबैलाई सूचना गरिएको छ । साथै यो व्यवस्था लागू हुनु अघि घरेलु कामदारको रुपमा बैदेशिक रोजगारमा गई १ वर्षभन्दा वढी अवधी काम गरी फर्की आएका कामदारको हकमा घरेलु कामदार सम्वन्धी तालिमको प्रमाणपत्र अनिवार्य नभएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । थप जानकारी चाहिएमा बिभाग वा बोर्डको सचिवालयमा सर्म्पर्क गर्न सकिने छ ।
कार्यक्रमहरु
कार्यक्रमहरु
Date: 11 Jan 2011
भरतपुर – १२, चितवनमा रहेको वैदेशिक रोजगार सूचना केन्द्रको उद्दघाटन १३ जनवरी, २०११ मा भएको हो ।
लेखनाथ चौक, चन्द्रगढी, झापामा रहेको वैदेशिक रोजगार सूचना केन्द्रको उद्दघाटन १६ डिसम्बर, २०१० मा भएको हो ।
हाम्रो वेबसाईटमा स्वागत छ
श्रम तथा यातायात व्यवस्था मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइ.ओ.एम.) को संयुक्त प्रयास र वैदेशिक रोजगार प्रवर्द्वन बोर्डको कृयाशीलतामा बोर्डको मातहत रहने गरी आप्रवासी स्रोत केन्द्रको स्थापना गरिएको छ । यस स्रोत केन्द्र २३ फेब्रुवरी २०१० मा माननीय श्रम तथा यातायात व्यवस्था मन्त्री श्री मोहम्मद आफताब आलमबाट उद्दघाटित भएको हो । स्थापना भएदेखि नै यस स्रोत केन्द्रले वैदेशिक रोजगारीमा जान चाहने वा जाने कामदारहरुलाई उचित परामर्श र सही सूचना उपलब्ध गराउँदै आएको छ ।
थप पढ्नुहोस्संस्थान हरु
- म्यानपावर कम्पनीहरु
( सूचिक्रित म्यानपावर कम्पनीहरु ) - कालो सुचिका कम्पनीहरु
( कालो सुची मा परेका म्यानपावर कम्पनीहरु ) - माग सुची
( बिभिन्न म्यानपावर कम्पनीहरुले ल्यएका मागहरु ) - मेडिकल ईन्स्टिच्युट
( सूचिक्रित स्वास्थ्य परिक्षण गर्ने संस्थाहरु ) - अभिमुखिकरण तालिम सस्थाहरु
( सूचिक्रित अभिमुखिकरण तालिम दिने संस्थाहरु ) - सिपमुलक तलिम सस्थाहरु
( सूचिक्रित सिपमुलक तालिम दिने संस्थाहरु )


